×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारदेखि महालक्ष्मी विकास बैंकले प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने, कति छ भाउ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

शुक्रबारदेखि महालक्ष्मी विकास बैंकले प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने, कति छ भाउ ?

Artha Sarokar

३१ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले भोलि शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको ७० हजार ६६९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको सो संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको हो । यसमा लगानीकर्ताले न्यूनतम ५०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी