Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्त वित्तीय संस्थाको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचिकृत, सोमबादेखि कारोबारमा आउने

अर्थ सरोकार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीले दोस्रो बजारमा कारोबारका लागि एक सय रुपैयाँ दरका १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचिकृत गरेको हो ।  कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ ।

कम्पनीले गत महिना सर्वसाधारण समुहको तीन लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । प्राथमिक बजारबाट कायम सेयरधनीहरुले भोलि सोमबारदेखिनै दोस्रो बजारमा सेयर बिक्री गर्न सक्ने भएका छन् । नेप्सेले संस्थालाई कारोबारका लागि (MALBS) संकेत प्रदान गरेको छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टनै सेयर रजिष्ट्रार रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK