काठमाडौं । मेगा बैंक लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभूषित भएकी छन् । डेपुटी सीईओ श्रेष्ठ संविधान दिवसका अवसरमा सरकारबाट विभूषित भएकी हुन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठलाई संविधान दिवस २०७८ का अवसरमा प्रबल जनसेवाश्री (चतुर्थ)बाट विभूषित गर्ने घोषणा भएको हो ।
यसअघि पनि श्रेष्ठले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत कार्य गरेकि श्रेष्ठले भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एन्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी हुन् । उनी करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत छिन् । साथै उनी बिजेनस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर पनि हुन् । डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्