काठमाडौं । मुक्तिनाथ क्यापिटलको आज मंगलबारदेखि २ कम्पनीको सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ज्योति विकास बैकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सो सेयरमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलल हात्तिसारमार्ग कमलादीमा बुझाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्