×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मुस्ताङमा स्याउ टिप्न व्यस्त कृषक, जीविकोपार्जनको लागि सामग्री बनाउँदै राउटे समुदायका बालक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मुस्ताङमा स्याउ टिप्न व्यस्त कृषक, जीविकोपार्जनको लागि सामग्री बनाउँदै राउटे समुदायका बालक

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मुस्ताङको मार्फास्थित स्याउ बगैंचामा स्याउ टिप्दै गरेका एक मुस्ताङी कृषकदेखि सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गरिरहेका राउटे समुदायका बालकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :

मुस्ताङको मार्फास्थित स्याउ बगैंचामा स्याउ टिप्दै एक मुस्ताङी कृषक । मुस्ताङमा स्याउ टिप्ने सिजन शुरु भएको छ ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् ।

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित धानखेतमा मल छर्दै स्थानिय एक महिला ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा अलपत्र अवस्थामा रहेको पुरानो एम्बुलेन्स।

पोखरा-८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् ।

शुक्लाफाँटा नगरपालिका-४, असैनाका परम्परागत पहिरनमा सजिएका राना थारु समुदायका युवतीहरु ।

डाला बेच्न बागलुङको लामेलाबाट म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा आएका व्यापारी ।

चाडपर्व नजिकिएसँगै लमजुङ बेँसीशहर नगरपालिका–३ रानीकुँवाका किराना पसल मङ्गलबार अनुगमन गर्दै घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख तोपलाल भुसाललगायत ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: