×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पटक-पटक जारी गर्दा पनि बेचिएन नागरिक लगानी कोषको संस्थापक सेयर, बुधबारदेखि पुन: लिलामीमा बिक्री खुला…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

पटक-पटक जारी गर्दा पनि बेचिएन नागरिक लगानी कोषको संस्थापक सेयर, बुधबारदेखि पुन: लिलामीमा बिक्री खुला…!

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर पुन: बिक्रीमा आएको छ । बैंकले पटक-पटक निष्कासन गर्दा पनि बिक्री नभएपछि फेरी सो सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।
बैंकले कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम ११ सय ९७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताहरुले लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: