काठमाडौं । नेपाल फाइनान्सले पनि आफ्नो वार्षिक साधारणसभा भोलि शनिबार बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे आफ्नै कार्यालय कमलादीमा डिजिटल माध्यमबाटमार्फत बोलाएको हो ।
सभमा कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । फाइनान्सले १ः०७०% अनुपातमा (१०० कित्ता बराबर ७० कित्ता) हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको हो ।
यद्यपि यसअघि कम्पनीले १ः१.७५% अनुपातमा हकप्रद जारी गर्ने भनेको थियो तर ललितपुर फाइनान्सलाई एक्वायर गरेकाले अब यसमा परिवर्तन भएको कम्पनीले जनाएको छ ।