×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको खुद नाफा पनि २ करोड १० लाख रुपैयाँमा खुम्चियो, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको खुद नाफा पनि २ करोड १० लाख रुपैयाँमा खुम्चियो, प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको खुद नाफा पनि घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउँदा नाफा २६.३९% ले घटेर २ करोड १० लाख रुपैयाँमा सिमित भएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थियो ।
यता यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३ करोड ११ लाख रुपैयाँले घटेर ७ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीका अनुसार अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । अघिल्लो वर्ष अन्य स्रोतबाट ७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेकोमा यो त्रैमासमा बढेर १ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले असार मसान्तसम्ममा जगेडा कोषमा २ करोड ९२ लाख रुपैयाँ रहेको जनाएको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: