×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा धमाकेदार उत्साह : एकैदिन १०४.८८ अंकको बढोत्तरी, चौतर्फी माहोल सकारात्मक !

काठमाडौं । नेप्से परिसूचकमा लामो समयपछि भारी अंकको उछाल आएको छ । साताको कारोबार चौंथो दिन बुधबार नेप्से परिसूचकमा १०४.८८ अंकको बढोत्तरी भएको हो । बुधबार नेप्से परिसूचक बढेर २८१६.९५ बिन्दुमा पुगेको हो ।
निरन्तर घटिरहेको बजार पछिल्लो समयमा बैंकलेहरुले ब्याज बढाएको सूचना सार्वजनिक गरेसंगै थप प्रवाहित बनेको थियो । राष्ट्र बैंकले मंगलबार बैक तथा वित्तीय संस्थाहरुलाई नियमित विपरित बढाएको ब्याज तत्काल संसोधन गर्न निर्देशन दिएपछि त्यसको सकारात्मक प्रभाव बुधबारको सेयर बजारमा परेको छ । अधिकाशं बैंकले ब्याजदर संसोधन गरेको सूचनासमेत जारी गरिसकेका छन् भने अन्य बैंकहरु पनि ब्याजदर संसोधन गर्ने तयारीमा छन्  । यसअघि बजारको अवस्थालाई देखेर आत्तिएका लगानीकर्ता पनि बुधबार भने उत्साहित देखिएका छन्  ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको सेयर कारोबार भएको हो । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

बुधबारको सेयर बजारमा १३ कम्पीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । आएसिएफसी फाइनान्स, बेस्ट फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनीसहित १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चकन्या हाइड्रोपावर कम्पनी, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा नेशनल हाईड्रोपावर कम्पनी, आरएमडिसि लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ज्योति विकास बैंक र नेपाल बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: