×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्यानिक सेल’ आउँदा सेयर बजारमा १०८ अंकको पहिरो, धमाधम सेयरको भाउ घट्दा तनाबमा लगानीकर्ता, के भन्छन् विश्लेषक ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘प्यानिक सेल’ आउँदा सेयर बजारमा १०८ अंकको पहिरो, धमाधम सेयरको भाउ घट्दा तनाबमा लगानीकर्ता, के भन्छन् विश्लेषक ?

२० भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा प्यानिक सेल आएको छ । लगानीकर्ताहरु आत्तिएर घाटामै सेयर बेच्न थालेपछि बजारमा यस्तो प्यानिक सेल आएको हो । बिहिबारको तुलनामा नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब २४ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७० करोड ३३ लाख बढीको सेयर कारोबार भएको छ । आज आइतबार सबै समूहका उपपरिसूचक घटेका छन् ।

लगानीकर्ताहरुले राष्ट्र बैंकको सेयर कर्जाको १२ करोडको सिमाले बजारको अवस्था प्यानिक भएको आरोप पनि लगाएका छन् । यता सेयर विश्लेषकले भने बजार केहि दिन ठुलै अंकले घटे पनि केहि समयमै बजार सम्हालिने बताउँछन् । अहिले बजारको अवस्था हेरेर लगानीकर्ताहरुलाई नआत्तिन पनि आग्रह गरिएको छ ।

यता आइतबारको बजारमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले सेयर  मूल्य बढेको हो । यस अलावा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा १३ कम्पनीका लगानीकर्ताले नमज्जासँग गुमाएका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स् फाइनान्स, अरुण काबेली पावर, यूनिभर्सल पावर कम्पनी , हिमालय उर्जा विकार कम्पनी, रुरु जलविद्युत परियोजना र सिइबिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । नारायणी डेभलोपमेन्ट बैंक, नेपाल फाइनान्स र बेस्ट फाइनान्ससहित अन्य १३ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ७० करोड ३३ लाख ३० हजार २०८रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा हिमालयन डिस्टिलरी, नेपाल बैंक, नबिल बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी, ज्योती विकास बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी