×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले पुन: आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा ल्यायो, भाउ कति?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले पुन: आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा ल्यायो, भाउ कति?

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया बैंकले सोमबारदेखि आफ्नो स्वामित्वमा रहेको २ लघुवित्तको सेयर लिलामीमा ल्याएको छ । बैंकले पटक-पटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि पुन: आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
आरएमडीसीको ३ लाख ५ हजार ६५ र मेरोको ८४ हजार ८२९ कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमा लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ५४१ रुपैयाँ र मेरोको सेयरमा ५२९ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा भदौ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहलमा बुझाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी