×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएमडीसीको ३ लाख ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता सेयर पुनः लिलामीमा, कसको भाउ कति ?

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ लघुवित कम्पनीको सेयर बिक्रीमा ल्याएको छ  । बैंकले  आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर आज बुधबारदेखि बिक्रीमा ल्याएको हो । जसमा आरएमडीसीको ३ लाख ६५ र मेरोको ८४ हजार ८२९ कित्ता सेयर रहेको छ ।
लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ५३९ रुपैयाँ र मेरोको सेयरमा ४९७ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् भने न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: