काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि ५० ले सम्बन्धित इकाइधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेका छन् । एनएमबि हाइब्रिड फन्ड एल–१ ले आज बुधबारबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको छ भने एनएमबि ५० ले भोलि बिहिबारबाट नगद लाभांश पठाउन थाल्ने बताएको छ ।
दुवै फन्डको योजना व्यवस्थापक एनएमबि क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
साथै हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनएमबि क्यापिटलले जनाएको छ ।