×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जोखिममा सिन्धुपाल्चोकको ग्याल्थुम बजार, काभ्रेमा नागरिकता बनाउनेहरुको उदेकलाग्दो भिड…!

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले यो वर्ष मेलम्ची नदीमा आएको बाढीले जोखिममा रहेको हेलम्बु-४ को ग्याल्थुम बजारदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा नागरिकता बनाउन आएका सेवाग्राहीको उदेकलाग्दो भीडसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
यो वर्ष मेलम्ची नदीमा आएको बाढीले जोखिममा रहेको हेलम्बु-४ को ग्याल्थुम बजार ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा नागरिकता बनाउन आएका सेवाग्राहीको भीड । कोरोना सङ्क्रमणको प्रभाव अझै रहिरहेको भन्दै भीडभाड कम गर्न जिल्लाका स्थानीय तहलाई आलोपालो सेवा प्रवाह गर्ने व्यवस्था गरिएको भएपनि सेवाग्राहीको सङ्ख्यामा भने कमी आएको छैन ।

पाल्पाको तानसेन, सिल्खानटोलस्थित उद्योगमा ढाका कपडा बुन्दै एक पुरुष । ढाकाको कपडाका लागि पाल्पा प्रख्यात छ ।

आन्तरिक पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा नगरपालिकाले सञ्चालनमा ल्याएको डुङ्गामा सयर गर्दैै नगर प्रमुख मदनसुन्दर श्रेष्ठलगायत ।

५७औँ अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा मङ्गलबार घोराही उपमहानगरपालिकामा भएको कार्यक्रममा सहभागी बालबालिका ।

अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा बेनीस्थित म्याग्दी बालगृहका रहेका अनाथ बालबालिकाको स्वास्थ्य परीक्षण गरिँदै ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल मङ्गलबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिको उद्घाटन गर्दै ।

राष्ट्रिय बाल दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–५, साँगेस्थित जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत शारीरिक अपाङ्गता प्रतिमा श्रेष्ठलाई रु १५ हजार १०५, विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गर्दै इनरह्विल क्लबकी अध्यक्ष मञ्जु थापा । क्लबले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा बालसुधार गृह भैरहवामा रहेका १०९ बालकको स्वास्थ्य परीक्षण गरिँदै । नेपाल बालकल्याण संस्था र रोटरी क्लब सेन्ट्रल लुम्बिनीले तिनीहरुको स्वास्थ्य जाँच गराएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: