काठमाडौँ । ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ नामक पुस्तक लोकार्पण गरिएको छ । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक यसै साता एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ । पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।
पुस्तक लोकार्पण समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए । समारोहमा बोल्दै सो पुस्तकका लेखक डा.शर्माले अहिले चौतर्फी बहस, राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषय नै भएकाले सो पुस्तक लेखन र लोकार्पण सहि समयमा गरिएको प्रष्ट पारे । साथै उनले सो पुस्तकमा बौद्धिक सम्पत्तिसम्बन्धि कानुनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएकोसमेत बताए ।
कार्यक्रममा बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष मधुसुदन पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशी, उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल, न्यायधीश अनिल कुमार सिन्हा, उद्योग मन्त्रालयका पूर्व सचिव भरत बहादुर थापालगायतको उपस्थिति थियो । हेर्नुहोस् पुस्तक लोकार्पण समारोहमा जे देखियो…











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्