काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र माछापुच्छ्रे बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुबै बैंकले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.०६ प्रतिशतसम्म दिने भएको हो ।
यता माछापुच्छ्रे बैंकले पनि असोज १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । हेर्नुहोस् कसमा कति ब्याज ?