×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ टिकट बुकिङ काउण्टर थप ! असोज २० बाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

११ टिकट बुकिङ काउण्टर थप ! असोज २० बाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने (भिडियो)

काठमाडौँ । दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । देशका बिभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैँ मनाउन घर जानेहरुका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो । एकैपटक सबै काठमाण्डौ छोड्नेको भीड बढ्ने भएकोले विगत धेरै वर्ष देखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।
आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको थिएन । कोरोना संक्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाण्डौ छोड्नेको संख्या कमहुने आँकलन गरिएको छ । अग्रीम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रीम टिकट बुकिङ खुला नगरिएको भएपनि यसवर्ष भने समयमा नै अग्रीम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरु थप्दै जाने बताउनुभयो । नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाटसमेत अग्रीम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुला गरिने बताउनु भयो ।
यसवर्षको अग्रीम टिकट बुकिङ खुलाका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले यातायात व्यवसायीहरुको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका महाप्रबन्धक सुनिल कुँवर दशैँमा घर जाने यात्रुलाई व्यवस्थित रुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टरलाई प्रविधिमैत्री बनाएको बताउनभयो । दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण गाडीको मर्मत सम्भारलाई अनिवार्य गर्नुका साथै गाडिलाई सेनिटाइज गर्ने र गाडिमा मास्क र सेनिटाइजर राख्ने अनिवार्य व्यवस्था गरिएको महाप्रबन्धक कुँवर बताउनु भयो ।
विश्वका विभिन्न देशसहित नेपालमा पनि कोरोना सङ्क्रमण यथावत रहेकाले अग्रीम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालिले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना प्रहरी खटाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म  सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: