×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रु रु जलविद्युत परियोजनाद्वारा २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ आह्वान, यस्ता छन् पेस हुने एजेन्डाहरु

काठमाडौं । रु रु जलविद्युत परियोजनाको २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैसाथ हुने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा असोज १६ गते हुने भएको हो । सभा रु रुको रजिष्टर्ड कार्यालय हात्तीसारमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२६% नगद लाभांश र २०७७/७८ को नाफाबाट १०% बोनस सेयर वितरण प्रस्ताव पेस हुनेछ । यस्तै बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका एजेन्डा पनि रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: