×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिने, संशोधित बजेटमा अरु के -के छन् नयाँ व्यवस्थाहरु ? (भिडियो)

काठमाडौँ । सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधित बजेट पेश गर्नुभएको हो । कुल बिजियोजित मध्ये संघले खर्च गर्ने चाुल तर्फ ४१ दशमलव ५२ प्रतिशत, पुजीतर्फ २३ दशमलव १६ प्रतिशत , वित्तिय व्यवस्थातर्फ ११ दशमलव ६० प्रतिशत र संघ तथा स्थानीय तहमा बित्तिय हस्तान्तरण तर्फ २३ दशमलव ७२ प्रतिशत रहने अर्थमन्त्री शर्माले बताउनुभयो ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु १० खर्व ५० अर्व ८२ करोड र बैदेशिक अनुदानबाट रु ५९ अर्व ९२ करोड रहेको छ । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताउनुभयो । त्यस्तै मुद्रास्फीति दर ६ दशमलव ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ । त्यस्तै बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गर्दै बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले सरकारले कोभिड १९ विरुद्धको खोप सबै नेपालीलाई लगाउने व्यवस्था गर्ने गरी बजेटको सुनिश्चितता गरेको बताउनुभयो ।
उहाँले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले विपन्न नागरिकलाई काठमाडौंका १० स्थानबाट खाना खुवाउने घोषणा गनुभयो भने राजनीतिक आन्दोलनमा बलिदान गर्नेलाई मासिक तीन हजारका दरले भत्ता दिने पनि बताउनुभयो । उहाले विकास र तीव्रतर आर्थिक बिकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाले कर सुधारका लागि आयोग गठन गर्ने, व्यापार घाटा न्युनिकरण गर्न तीन महिनाभित्र योजना तय गर्ने जानकारी दिनुभयो ।
अर्थमन्त्री शर्माले विनाधितोको व्याज अनुदानको समहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्येक पालिकामा कम्तिमा ५ सय बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने जानकारी दिनुभयो । मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: