×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा माई हाइड्रोपावरले बोलायो कात्तिक ११ गते वार्षिक साधारणसभा, प्रस्तावि १०.५२ प्रतिशत लाभांश पारित गरिने

PRIME CA

सानिमा माई हाइड्रोपावरले बोलायो कात्तिक ११ गते वार्षिक साधारणसभा, प्रस्तावि १०.५२ प्रतिशत लाभांश पारित गरिने

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले उक्त सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बोलाएको हो ।सभा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । लगानीकर्ताले भर्चुअल माध्यम वा भौतिक रुपमा सहभागी हुन सक्ने भएका छन् । सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गरिने भएको छ ।

जसकारण असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त सभामा सानिमा माईले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

सारांश
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: