×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाद्धारा डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न, पारदर्शी कारोबार र न्युन जोखिम रहने विश्वास

काठमाडौं । सांग्रिला डेभलपमेन्ट  बैंक लिमिटेड मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुको लागि जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एंबम प्रहरी उपरिक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विशीष्ट अतिथी प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारी र अतिथी प्रहरी निरिक्षक रमेश थापा लगायतको उपस्थितीमा सामाजिक दुरी कायम गर्दै उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गरेका थिए भने शाखा कार्यलय गल्छी धादिङ्गका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाका प्रमुख गौरब काफ्लले उक्त विषयमा बोल्दै पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैंकिङको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्युन जोखिम रहने कुरा बताए । साथै काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एबम नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ कारोबार गर्नेका संख्यामा बृद्धि भएको छ । तर अझै प्रविधीको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताए । बैंक खाता खोल्न, खातामा पैसा पठाउन, क्रृण आवेदन दिन, विभिन्न महशुल भुक्तानी गर्न रिर्चाज गर्न लगायतका बैंकिङ सेवाहरु अहिले घरमै बसेर गर्न सकिने कुरा सबैलाई Manual सहित प्रस्तुत गरिएको छ ।

हाल नेपाल राष्ट्र बैकको निती अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विधुतीय भुक्तानी कारोबारलाई बैंकले गहन रुपमा लिएको कुरामा समेत दुइमत नभएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरिक्षक महेन्द्र खड्काले डिजिटल बैंकिङको महत्व बढिरहेको बर्तमान समयमा यस कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेलेको कुरा बताउँदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरेका छन् । उनले सांग्रिला डेभलपमेन्ट बैंक लि. ले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिएका छन् । खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्मार्ट मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिटान्स, अन्तर बैंक विधुतीय भुक्तानी प्रणालीको महत्व तथा सुविधा साथै समग्रमा डिजिटल बैंकिङको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्लेलाई सँग-सँगै बैंकलाइ विशेष धन्यवाद दिए ।

कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंकको देशै भरिका ९६ ओटा शाखा कार्यालयहरुबाट यस किसिमको कार्यक्रम गर्दै वित्तीय सचेतना, विधुतीय भुक्तानी प्रणालीको महत्व, फाइदाका बारेमा जानकारी दिँदै विधुतीय भुक्तानी गर्नतर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गरेका छन् । अन्त्यमा नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सबैमा सु-स्वास्थ्य, दिर्गायु एंवम उत्तरउत्तर प्रगतिको शुभकामना दिएका छन् । साथै कोरोनाको महामारी कोभिडले फेरि पनि भयावह रुप लिन सक्ने हुँदा यसबाट बच्न स्वास्थ्य सावधानी अपनाइ सकेसम्म डिजिटल बैंकिङको प्रयोग गर्न अनुरोध समेत गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: