काठमाडौं । सिद्धार्थ क्यापिटलको १०औं वार्षिक साधारणसभा असोज १८ गते हुने भएको छ । कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५औं बैठकले कम्पनीको १०औं वार्षिक साधारणसभा असोज १८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा साँझको ४ बजे गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायितव अन्तर्गत खर्च गरिएको दान रकम २ लाख रुपैयाँ पारित गर्नुका साथै सोहि आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७८ सम्मको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
यस्तै कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ (करसहित) नगद लाभांश प्रदान गर्ने प्रस्तावसमेत पारित गर्ने एजेण्डा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्