काठमाडौँ । काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्पप्रायः छ ।
ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग गरेका हुन् । ठमेलका घरधनी, व्यवसायी तथा मजदुर सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गरी व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, सिसीएमसीमासमेत ज्ञापनपत्र बुझाइसकिएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताउनुभयो । उहाँले निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो ।
केही दिनभित्रै सहज वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् । सम्बन्धित निकायले ठमेलको मागलाई सम्बोधन नगरे ठमेल क्षेत्रका सम्पूर्ण व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने परिषद्का उपाध्यक्ष शर्माले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्