×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इजरायल जानका लागि आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्ध, नक्कली कागजपत्र पेश गरेको खुलासा (भिडियो)

काठमाडौं । सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल जानका लागि भन्दै आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्ध गरेको जनाएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपनि उनीहरुको आवेदन फारम रद्ध गरेको जानकारी दिनुभयो । कारवाहीको डरले अझैपनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्ध गरिपाँउ भन्ने निवेदन आएको उहाले बताउनुभयो ।

६ हजार ३ सय १७ जनाले परिक्षा दिएकामा दुई हजार ३९ जना उतिर्ण भएको र त्यसमध्येपनि १६ सय जना छनौट भएको उहाले बताउनुभयो । छनौट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट लटरीप्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनौट गर्ने सचिव गौतमले जानकारी दिनुभयो । उहाले अहिलको प्रक्रिया सकिने बितिकै २५ सयको डिमान्ड तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो । इजराइल जानेले महिनाको दुई लाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उहाको भनाई छ ।

त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताउनुभयो । उहाले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिएपनि बढि शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयका सचिव गौतमले बैदेशिक रोजगारमा जादा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अव परिवर्तन गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । हेर्नुहोस् भिडियोः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: