×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित २६.३१ प्रतिशत लाभाशं पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित २६.३१ प्रतिशत लाभाशं पारित

Artha Sarokar

१७ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले असोज १५ गते शुक्रबार आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयेर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पास गरेको छ । बोनस पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुनेछ । संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्र्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लि नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी