काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जनताको जीवनस्तर उठाउन बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको शनिबार उद्घाटन गर्दै उनेले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ठूलो जिम्मेवारी रहेको बताए ।
उनले जलवायु परिवर्तनले यस वर्ष पनि देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति पुगेको चर्चा गर्दै सरकारले घोषणा गरेको राहत पीडित पक्षले अझैसम्म पनि पाउन नसकेको हुँदा तत्काल पुग्नुपर्नेमा जोड दिए । अर्को प्रसङ्गमा सभामुख सापकोटाले तातोपानी नाकालाई व्यवस्थितरूपमा सञ्चालन गर्न चिनियाँ राजदूत र ल्हासास्थित महावाणिज्यदूतसँग छलफल भइरहेकाले चाँडै नै व्यवस्थितरूपमा सञ्चालनमा आउने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम जनताको जीवनस्तर उकास्न बैंक लागिपरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्