×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलहिया नाका खुलेसँगै रुपन्देहीमा चहलपहल बढ्यो, थला परेको व्यवसाय फष्टाउने भन्दै व्यापारी खुशीले गदगद (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL

बेलहिया नाका खुलेसँगै रुपन्देहीमा चहलपहल बढ्यो, थला परेको व्यवसाय फष्टाउने भन्दै व्यापारी खुशीले गदगद (भिडियो)

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न सबै नागरिकलाई पुनः आह्वान गर्नु भएको हो । २ दिन अघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु भएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तिवारीले भन्नु भयो, ‘नेपाल सरकारको निर्णय बमोजिम अन्तराष्ट्रिय सीमा नाका खोली सकेको अवस्था छ । सिमा नाका खुलेपछि यात्रुहरुको आवातजावत बढेको अवस्था छ । र रुपन्देही जिल्लामा कोरोना जोखिमको अवस्था अहिले पनि कायमै रहेको अवस्था छ । दैनिक २५ देखि ४० जना संक्रमितहरुको संख्या बढि रहेको छ भने सोही अनुपातमा निको हुनेहरुको संख्या पनि रहेको छ । यो जोखिमलाई काम गर्नका लागि हामीले सीमा नाकाहरुमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौं । र सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।’
यता स्थानीय व्यवसायीहरुले भने बेलहिया सीमा नाका खुलेसँगै आफूहरुको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन । स्थानीय पर्यटन व्यवसायी रवी पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकहरुको चहल पहल सुरु भएको भन्दै त्यसले आफूहरुको व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिनु भयो । स्थानीय व्यापारीहरुले सीमा नाका खुलेपछि आफूहरुको व्यापार राम्रो भएर जाने अपेक्षा गर्दै तस्करी नियन्त्रण गर्न भने सरकारसँग माग गरेका छन ।
सरकारले २ दिन अघि सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाका पनि खुलेको हो । सो नाका खुलेपछि त्यहाँका स्थानीय व्यापारीहरुले कोरोनाले थला पारेको आफूहरुको व्यवसाय अव फष्टायर जाने विश्वास व्यक्त गरेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी