×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकंलन गरेर काम गर्न नसक्दा विद्युत वितरणमा समस्या देखियो’ : घिसिङ (भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा बिभिन्न आन्दोलन पछि उपलव्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले २००७ र २०७४ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको बताउनुभएको हो ।
थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत सावित भएको समेत बताउनुभयो । राजनीतिक नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सलबलाउन थालेको उहाले बताउनुभयो । उहाले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा पनि राख्नुभयो ।
अहिलको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था हुनसक्ने भन्दै सवै दल मिलेर बन्ने सरकारले मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उहाको भनाई छ । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र खपत बढाउने कुरा पहिलो प्राथमिकतामा रहेको र १६ सय हाराहारीमा डिमान्ड रहको बताउनुभयो । उहाले गत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर काम गर्न नसक्दा बिद्युत बितरणमा समस्या देखिएको जिकिर गर्नुभयो ।
उहाँले सार्कदेखि अन्तरदेशिय प्रशारणलाईनको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो । हेर्नुहोस् भिडियो ;
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: