काठमाडौँ । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह सञ्चालनका लागि तयारी गरिरहेको बताए।
कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टिन, बैंक, सुरक्षा निकायलगायतका सम्बन्धित निकायसँग छलफल भइरहेको बताए। सुक्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंका व्यवसायीहरूले सीधै काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले बताए।
‘अहिले हामी यसको सञ्चालनका लागि तयारीको अवस्थामा छौँ । हामी चाँडै नै यसलाई सञ्चालन गर्ने भनेर अगाडि बढिराखेको छौँ। यसका लागि यहाँको सम्बन्धित निकायबीच छलफल भइराखेको छ र चाँडै नै हामी तयारी पूर्ण गरेर यसलाई सञ्चालनमा ल्याउने हिसाबले अगाडि काम बढाइरहेका छौँ,’ गजुरेलले भने।
काठमाडौंको चोभारस्थित २ सय २० रोपनी क्षेत्रफलमा एक अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनेको हो। यसभित्र २ वटा गेट, तीनवटा धर्मकाँटा, भन्सार, क्वारेन्टिन र प्रशासनिक गरी तीनवटा भवन, तीानवटा ठूला गोदाम, चेकजाँच गर्ने तीनवटा खुला भवन, पाँच सयवटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए सिसिटिभी जडान र फायर फाइटरसमेत जडान गरिसकिएको छ।
भारत र चीनसँग सीमा जोडिएको जिल्लाहरूमा मात्रै सुक्खा बन्दरगाह भए पनि भित्री जिल्लामा भने चोभारको सुक्खा बन्दरगाह पहिलो हो । वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगन्जमा पनि निर्माणाधीन अवस्थामा रहेको छ। हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्