काठमाडौं । सिटिजन्स बैंकको १२.९१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ३ सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
आइतबार सोही भाउलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्नेछ । सभाका लागि कम्पनीले आज शुक्रबार असोज २२ गते बुक क्लोज गरेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.९१% बोनस सेयर र ३.०८% नगद गरी कुल १६% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।