काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।