काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।