काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला ९१ हजार७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७२ रुपैयाँ कायम गरेको छ ।