काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा मंसिर १० गते हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ५.५०% बोनस सेयर र कर प्रयोजनको लागि ०.२८% नगद लाभांश दिने निर्णय पेस गर्नेछ । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी, अधिकृत पूँजी र जारी पूँजी वृद्धि हुने हुँदा सोही अनुरुप नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
सभा तथा लाभांश वितरणका लागि कम्पनीले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । कात्तिक २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्