काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको पहिलो वार्षिक साधारणसभा कात्तिक २६ गते हुने भएको छ । कम्पनीको सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजेदेखि हुने भएको हो । कम्पनीले यसअघि सभा कात्तिक १२ गते आह्वान गरेको थियो तर सो सभा स्थगित भएको थियो ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेस गर्ने जनाएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुने पनि कम्पनीले बताएको छ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
हालसम्म सो कम्पनी औपचारिक रुपमा भने सञ्चालनमा आएको छैन । कम्पनीले सुरुमै आइपीओ जारी गर्ने प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्