काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा कात्तिक १३ गते हुने भएको छ । सभा काभ्रेपलाञ्चोकको पनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।
यस्तै गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि पनि सभामा छलफल गरिनेछ भने कम्पनीको अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ । साथै चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ ।