काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई चार करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले बुधबार चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त रकम सहयोग प्रदान गर्न समझौतामा हस्ताक्षर गरेको हो । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइराला र महानगरवपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा आर्थिक सहयोग प्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले बालबालिका लागि निर्माण हुने अस्पतालले बालरोग निवारण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा हात थाप्ने मात्रै नभई आफै पनि लगानी गर्न सकिने उदाहरण काठमाडौं महानगरले देखाउने अवर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विशेषज्ञ सेवा सहितको सेवा दिने उदेश्यले स्थापन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले पारदर्शीताका साथ कार्यसम्पादन गर्ने बताउनुभयो ।कोरोना भाइरसका कारण केही समय अस्पताल निर्माण गर्न ढिला भए पनि अवका दिनमा भने निर्माण कार्य निरन्तर अगाडि बढ्ने जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्