×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा खसीबोका मूल्य आकाशियो, उपभोक्ताहरुले यस्तो गुनासो (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौंमा खसीबोका मूल्य आकाशियो, उपभोक्ताहरुले यस्तो गुनासो (भिडियो रिपोर्ट)

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकामा दशैँ लक्षित खसि बोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसि बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरु पर्याप्त नआएपनि खसि बोकाहरु काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परिक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।
अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा ७, ८ सय रुपैयाँमा पाइने अहिले १३, १४ सय रुपैयाँ मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ । काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसि बोका आउन थालेको छ । जिउँदो खसि बोका सरदरमा ७ सय रुपैयाँदेखि ८ सय रुपैयाँमा विक्रि भइरहेको व्यवसायीले बताएका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसि बोका विक्रि गर्दै आएको छ । कम्पनिले भोली शुक्रवारबाट खसि बोका विक्रि गर्ने बताइसकेको छ । यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरुमा किसान आफैँ आएर समेत खसि बोका बेच्ने गर्दछन् । काठमाडौंमा दशैँको बेला खसि बोकाको मासु ११ लाख किलो भन्दा खसि बोकाको मासु खपत हुने अनुमान गरिन्छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी