काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको छ । बैंकले सभा रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । ८.६७% लाभांश अनुमोदन गर्न सो दिन सभा बोलाएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ६% बोनस सेयर र २.६७% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यस्तै सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक ८ गते सोमबार बुक क्लोज गर्ने भएको छ । यसआधारमा कात्तिक ७ गते आइतबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्