×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोअर इर्खुवा हाइड्रोपावरले २१ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लोअर इर्खुवा हाइड्रोपावरले २१ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं । लोअर इर्खुवा हाइड्रोपावरले २१ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १०० रुपैयाँ अंकित दरमा कुल २१ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुलाई र २० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेकाे गर्ने भएको हो । सो सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ ।
उक्त सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा सेयर निष्काशन गरी बाँडफाँड गरेपश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी