×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडद्धारा दोस्रो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडद्धारा दोस्रो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभा कात्तिक १० गते बुधबार हुने भएको हो । सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १३.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी