काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको ९० लाख कित्ता आइपिओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी भएको जनाएको हो ।
यद्यपी कम्पनीको आइपीओको शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको पनि क्यापिटल बताएको छ । मध्य भोटेकोशीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्