×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्य भोटेकोशी जलविद्युतको आइपीओ बाँडफाँड, भाग्यमानी ८ लाख १९ हजारले सेयर पाउदा ९५ हजार बढीको आवेदन रद्द

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो सेयर बाँडफाँड भएको हो । गोलाप्रथामार्फत ८ लाख १९ हजार जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।
यसमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ९४ हजार ४९६ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।
कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी मध्य भोटेकोशी जलविद्युत कम्पनीको वेबसाइटबाट हेर्न सकिनेछ । साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजा भने केहि समयपछि मात्रै हेर्न पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: