×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न स्थानबाट हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण, चोरीलाई कम गर्न विशेष टोली परिचालन (भिडियो)

PRIME CA

विभिन्न स्थानबाट हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण, चोरीलाई कम गर्न विशेष टोली परिचालन (भिडियो)

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाईकल र ८ वटा स्कुटर रहेका छन । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको महाशाखले जनाएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाईकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो रहेको र बिशेषगरि सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो ।
यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाईकल मध्ये १७१ मोटरसाईकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाईकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: