काठमाडौं । नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण थालेका छन् । दुवै फन्डले असोज १० गतेसम्ममा खाता अध्यावधिक गराएका इकाईधनीहरुलाई बैंक खातामा नगद लाभांश पठाउन थालेको जनाएका हुन् ।
दुवै फन्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।
ति इकाईधनीहरुले खाता अद्यावधिक गरेपछिमात्र लाभांश पाउने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट नबिल इक्विटी फन्डले ४०% र नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५% (करसहित) वितरण गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्