काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको १२औँ वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । कम्पनीको सभा नक्साल काठमाडौँमा बिहान १०.३० बजेदेखि हुने भएको हो । कम्पनीले सभामा ३५% बोनस सेयर र कर प्रयोजनको लागि १.८४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा रहेको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिनेछ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेस गरिनेछ ।