×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्वलाई लक्षित गरी काठमाडौँमा बजार अनुगमनमा तीव्रता, न्यूरोडका पसल धमाधम विभागको कारवाहीमा (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चाडपर्वलाई लक्षित गरी काठमाडौँमा बजार अनुगमनमा तीव्रता, न्यूरोडका पसल धमाधम विभागको कारवाहीमा (भिडियो रिपोर्ट)

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी  काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो । बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताउनुभयो ।
उहाँले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताउनुभयो । अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताउनुभयो । उहाँले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताउनुभयो । उहाँले पसलमा मुख्य व्यापारी नभएकोले तीन दिनभित्र विभागमा उपस्थित हुनुपर्ने बताउनुभयो ।
निरिक्षण अधिकृत झाले भन्नुभयो, ‘हामीले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाएका छौँ, आज न्यूरोड र मख्खनगढीमा हाम्रो टोलीले अनुगमन गरेको छ, त्यहाँका ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेका छौँ, त्यसमध्ये ३ वटालाई तत्काल कारबाही गरेका छौँ भने बाँकी तीन वटालाई विभागमा बोलाएका छौँ ।’ निरिक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी