×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश प्रस्ताव संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश प्रस्ताव संशोधन, सेयरधनीले अब कति लाभांश पाउछन् ? (विस्तृत विवरणसहित)

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो ।
यसअघि ८.५% करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अब भने ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी २० अर्ब रहेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: