×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपीओ शुक्रबार बाँडफाँड, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न गरेसंगै शुक्रबार बाँडफाँड गर्ने तयारी भएको जनाएको हो ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो ।  २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।
यस कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: