×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटल लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न, बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रभु क्यापिटल लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न, बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ कम्पनी

Artha Sarokar

१७ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज १६ गते छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस सेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तर्गत सेयर रजिष्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी